Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना मन्त्रीलाई नाउपाको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १६ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई नागरिक उन्मुक्ति पार्टीले निर्देशन दिएको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित पत्र लेख्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठले पार्टीको निर्णय नमाने पार्टीको विधानअनुसार अघि बढ्ने ध्यानाकर्षण गराएकी छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो मात्रै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भएर सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४