Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज महाशिवरात्रि, भगवान् शिवको पूजा गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।

आज पशुपतिनाथको दर्शन गर्न देशभित्रका श्रद्धालु भक्तजनकासाथै भारतबाट पनि दर्शनार्थीहरु काठमाडौंमा आएका छन् । भारतबाट आएका जोगी, नागा बाबा तथा साधुसन्तका लागि पशुपति क्षेत्र विकास कोषले खाना र बस्नका लागि व्यवस्था मिलाएको छ भने उनीहरू फर्किने समयमा दक्षिणा दिएर बिदाइ गर्ने गने चलन छ ।

साथै आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् भने यस क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन र बिक्री निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४