Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१७ बजेका लागि बोलाइएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको अनुगमन तथा मूल्यांकन विधेयक २०७६ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४