Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मच्छेनारायण मन्दिर परिसरका पुरातात्विक अभिलेखहरु नष्ट हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १८ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । कीर्तिपुरको मच्छेगाउँ काठमाडौं उपत्यकाको प्राचिन बस्ति हो । गोपाल वंशकालमा नै मानव सभ्यताको विकास भएको यस स्थानमा गोपालीहरुको बसोबास रहँदै आएको छ । त्यसैले विभिन्न कालखण्डका पुरातात्विक महत्वका सामग्रीहरु यहाँ भेट्ने गरिन्छ । तर, विडम्वना, यस ठाउँमा रहेका लिच्छवीकालीनलगायतका अभिलेखहरु नष्ट भएर भग्नावशेषमा परिणत हुँदा पनि कसैको ध्यान गएको छैन ।

गाईपालक गोपाल वंशकालदेखि मानव सभ्यता विकासको एक प्राचिन बस्ती हो, मच्छेगाउँ । विभिन्न काल खण्डमा विकसित यो गाउँ नरहरिपुर र मीनतिर्थ नामले पनि प्रसिद्ध छ । हाल धार्मिक रुपमा यहाँ रहेको मच्छेनारायण मन्दिर र चैत्य भित्र अर्को चैत्य रहेको बौद्ध चैत्यका कारण मच्छे गाउँ प्रसिद्ध छ । यहाँ लिच्छवीकाल देखिका पुरातात्विक महत्वका अभिलेखहरु रहेका छन् । तर, विडम्वना यी अभिलेखहरुको उचित संरक्षण हुन नसक्दा नष्ट भएर भग्नावशेषमा परिणत भएका छन् ।

यस्तो विकराल अवस्था हँुदा पनि अभिलेखहरुको संरक्षणमा कसैको चासो गएको पाइँदैन । लिच्छवीकालीन अभिलेख यस्तो लथालिंग अवस्थामा छ । पुरातात्विक रुपमा अत्यन्त महत्वपूर्ण यस शिलालेखमा कुँदिएको लिपि लगभग मेटिएर नबुझिने भईसकेको छ । मच्छेनारायण मन्दिरका पूजारी शैलेश आचार्य अभिलेखको संरक्षण हुन नसकेको स्वीकार्नुहुन्छ ।

मच्छेनारायण मन्दिर भित्र रहेको एउटा ढुंगामा नेपाल संम्वत ७९७ लेखिएको छ । यस हिसाबले यो मन्दिर कम्तिमा ३ सय ४७ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ । तर, मन्दिरको पछाडि रहेको मल्लकालिन अभिलेख भने नष्ट गरिएको छ । यो पनि विगतमा कुनै काल खण्डमा नष्ट गरिएको हुन सक्ने पुजारी आचार्यको भनाइ छ ।

तिन वटा कुण्ड रहेको यस मन्दिरको पोखरी र लिच्छवीकालिन हितिहरुमा वर्षायाममा पानी नआउने र हिउँदको सुख्खा याममा पानी आउने अनौठो प्राकृतिक नियम छ । यहाँ लिच्छवीकालदेखि शाहकालसम्मका विभिन्न देवी देवताको मूति र अभिलेखहरु छन् । यस मन्दिरमा मलमासमा दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्दछ । तर, यसको उचित संरक्षण र प्रचार पसार गर्ने हो भने यहाँ बाहै्रमास भक्तजनहरुलाई तान्न सकिने संभावना छ । त्यसो त गोपाल वंशदेखिको मानव वस्ती रहेको यो स्थान पनि अनियन्त्रित आधुनिक विकासबाट अछुतो रहन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४