Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १६ २०८०
  • 2.9K
    SHARES

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी हुने दाबी गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमाससँगको जारी युद्धमा इजरायलले विश्वव्यापी रुपमा समर्थन गुमाउने खतरा बढ्दै गएको चेतावनी जारी गरेपछि नेतान्याहुको यो भनाइ सार्वजनिक भएको हो । इजरायलली प्रधानमन्त्री नेतान्याहुले एक वक्तवय प्रकाशित गरी युद्ध शुरु भएको दिनदेखि अमेरिकाले युद्ध अन्त्य गर्न र इजरायललाई समर्थन गर्दै आएको जनाउनु भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता यी दुई राष्ट्रबीच युद्धविराम हुन सक्ने दाबी गर्नुभएको थियो । कतारको मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधीबीचको वार्ता सकारात्मक रहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले आगामी सोमबार सम्ममा युद्धविराम हने संकेत गर्नुभएको थियो ।

यसैबीच ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले हमास बन्धकहरु रिहाइका लागि र इजरायल पनि मानवीय सहायताका लागि लचिलो हुने सम्झौता भएको खुलासा गर्दै आगामी साता युद्धबिराम हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४