Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ११ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरि बैठकमा सभामुखले प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राख्नुभएको बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानून, २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सभा समक्ष पेश गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४