Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरवाही


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ४ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । अस्पतालहरु तथा विभिन्न स्वास्थ्य संस्थाहरुले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गर्दा जनस्वास्थ्यमा असर पुग्ने देखिएको छ । राजधानीकै केही अस्पतालहरुले सही तरिकाबाट फोहोर व्यवस्थापनमा ध्यान दिएका छैनन् । तर, अस्पतालहरूले निर्मलीकरणपछि बिक्री हुने प्लास्टिकजन्य फोहोरबाट मनग्य आमदानी पनि गर्दै आएका छन् ।

प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक संबिधानको धारा ३० का उल्लेख छ । तर संविधानको यो धाराको पालना गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु भने चुकेका छन् । बिरामीलाई स्वस्थ गराउने जिम्मेवारी बोकेका अस्पतालहरुले नै फोहोर व्यवस्थापनमा लापरवाही गर्ने गर्दा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको उल्लंघन भएको हो ।

काठमाडौ महानगरपालिकाले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मापदण्ड तोकेरै फोहोर ब्यबस्थापन गर्नुपर्ने प्रावधान राख्दा पनि कान्ति बाल अस्पतालले मापदण्ड पूरा गरेको छैन । फोहोर व्यवस्थापनका लागि कुहिने, नकुहिने र प्लाष्टिकजन्य सामाग्री वर्गीकरण गर्नुपर्नेमा त्यसो नगरेको पाईएपछि काठमाडौं महानगरपालिकाले सो अस्पतालको फोहोर नउठाउने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गरिएको यस्तो लापरवाहीको बिषयमा कान्ति बाल अस्पतालको धारणा यस्तो छ ।

त्यसो त मुलुककै जेठो वीर अस्पतालले पनि परम्परागत शैली र प्रविधिबाट फोहोर व्यवस्थापन गर्दै आएको छ । नवीनतम प्रविधि ल्याउने योजना बनाए पनि खरिद प्रक्रिया अघि नबढ्दा पहिलेकै ढाँचामा फोहोर व्यवस्थापन हुँदै आएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने जापान सरकारको अनुदानबाट प्राप्त इन्सिनेरेटरको उपयोग गर्दै फोहोर तताएर फिल्टर गरेपछि व्यवस्थापन गर्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दा वातावरणमा खाशै असर पर्ने देखिएको छैन ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन बिभागले अस्पतालजन्य फोहोर मैलालाई जोखिमपूर्ण र जोखिमरहित गरी २ भागमा विभाजन गरेको छ । जोखिमरहित फोहोरलाई कुहिने र नकुहिनेमा बाँडिएको छ । त्यस्तै, जोखिमपूर्ण फोहोरलाई संक्रमित, प्याथोलोजिकल औषधिजन्य, धारिलो गरी वर्गीकरण गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक तथ्यांकअनुसार उपचाररत् एक बिरामीबाट दैनिक २–३ किलोग्राम फोहोर जम्मा हुने गरेकोमा १५ प्रतिशत अति जोखिमयुक्त मानिन्छ । अस्पतालबाट संकलन गरिने फोहोरबाट संक्रमण हुने जोखिम रहने विज्ञहरु बताउँछन् । त्यसैले अस्पताल तथा स्वास्थ्य संस्थाहरुले फोहोर मैलाको व्यवस्थापनमा तत्काल ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४