Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा, पूर्वराजा नजाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । आज (फागुन १ गते) टुँडिखेलमा कार्यक्रम गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

उनले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए । तर पूर्वराजा ज्ञानेन्द्र शाह भने कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा शाह आइतबार चितवनतिर लागेका छन् ।

पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकका अनुसार ज्ञानेन्द्र र कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४