Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली टोली सकुशल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १५ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । ‘सो आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको थियो । तर दुःखका साथ भन्नु परेको छ आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकको मृत्यु भयो,’ संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले आक्रमणको निन्दा पनि गरेको छ ।

तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन । तर भूमि विवाद नै कारण हुन सक्ने अनुमान छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने ।

अबेई क्षेत्रमा जातीय हिंसा सामान्य जस्तै छ । यहाँका आदिवासी समुदायबीच भूमि विवाद पनि छ । सो क्षेत्रका बहुसंख्यक नगोक डिंका समुदायले दक्षिण सुडानको पक्ष लिन्छन् भने मिसेरिया खानाबदोश समुदायले सुडानको पक्ष लिन्छन् । त्यसैले त्यहाँ बेला–बेला हिंसा भइरहन्छ ।

अफ्रिकी संघले अबेईको विवाद टुंगो लगाउन जनमत संग्रहको प्रस्ताव गरेको थियो । मतदानमा सहभागीताको विषयमा सहमति नजुटेपछि नतिजा निस्किएको छैन ।

गत वर्ष मार्चमा संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा रोकिएको छैन ।

सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४