Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इतिहासकै ठूलो डेटा लिकको घटना, २६ अर्ब अकाउन्टमा कतै तपाईंको नाम त छैन ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १२ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । विश्वमा हालसम्मकै ठूलो डेटा लिकको घटना सार्वजनिक भएको छ । यस घटनामा अर्बौंको संख्यामा विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भएका छन् । डेटा लिकको उक्त घटनापछि साइबर अपराधसँग सम्बन्धित चिन्ता झनै बढेको छ ।

उसो त विश्वमा हरेक दिन ठूलो संख्यामा मानिसहरु साइबर अपराधको सिकार हुन्छन् । यस्तोमा अर्बौं अकाउन्टका डेटाहरु लिक हुने विश्वभरका लागि एउटा ठूलो चिन्ताको विषय बनेको छ ।

रिपोर्ट अनुसार कम्तिमा २६ अर्ब अकाउन्टका डेटाहरु लिक भएका छन् । यसमा लिंक्डइन, स्नापच्याट, भेन्मो, एडोब र ट्वीटर अकाउन्ट समेत सामेल छन् । त्यसैले यसलाई इतिहासकै ठूलो डेटा लिक भनिएको छ ।

लिक भएका डेटामा युजरनेम तथा पासवर्ड जस्ता लगइन क्रेडेन्सियलका अलावा अन्य विवरणहरु पनि रहेका छन् । साइबर न्यूजको रिपोर्ट अनुसार यसरी लिक भएका डेटाहरुमा अधिकांस संवेदनशील विवरणहरु छन् । साइबर विज्ञहरुका अनुसार साइबर अपराधीहरुको हातमा पर्दा यसले इन्टरनेट प्रयोगकर्तालाई ठूलो जोखिमको सिर्जना गर्नेछ ।

यी विवरणको सहयोगमा ह्याकर तथा साइबर अपराधीहरुले विभिन्न खालका साइबर आक्रमण गर्न सक्दछन् । यी डेटाको सहयोगले कसैको पहिचान चोरी गर्न, फिसिंग स्क्याम, लक्षित साइबर आक्रमण तथा कसैको संवेदनशील अकाउन्टमा आक्रमण गर्ने जस्ता काम साइबर अपराधीले गर्ने जोखिम रहन्छ । साइबर न्यूजका सेक्योरिटी अनुसन्धानकर्ता मान्टस सासनस्कसका अनुसार सम्भवतः अधिकांश मानिसमा यसको प्रभाव पर्नेछ ।

लिक भएका डेटामध्ये ठूलो संख्यामा चिनियाँ इन्स्ट्यान्ट मेसेजिङ्ग प्लाटफर्म टेन्सेन्ट प्रयोगकर्ताका डेटा छन् । यसका १.४ अर्ब प्रयोगकर्ताका डेटा लिक भएका छन् ।

त्यस्तै दोस्रो नम्बरमा विबो रहेको छ, जसका ५० करोड ४० लाख अकाउन्टका डेटा लिक भएका छन् भने माइस्पेसका ३६ करोड, ट्वीटरका २८ करोड १० लाख र लिंक्डइनका २५ करोड १० लाख प्रयोगकर्ताका डेटा लिक भएका छन् । त्यस्तै म्युजिक स्ट्रिमिङ प्लाटफर्म डीजरका २५ करोड ८० लाख प्रयोगकर्ताका डेटा पनि लिक भएका छन् ।

त्यसका साथै एडोब, टेलिग्राम, ड्रपबक्स, दूरड्यास, क्यान्भा र स्नापच्याट लगायतका विभिन्न प्लाटफर्ममा डेटा पनि त्यसमा सामेल छन् ।

यदि यी २७ अर्ब डेटामा आफ्नो नाउँका डेटाहरु पनि छन् कि भन्ने जान्न मन छ भने तपाईंले सजिलैसँग त्यो पत्ता लगाउन सक्नुहुन्छ । त्यसका लागि https://cybernews.com/personal-data-leak-check/ वेबसाइटमा गएर आफ्नो इमेल ठेगाना हालेर हेर्न सक्नुहुन्छ ।

यदि तपाईंको डेटा कुनै लिकमा सामेल भएमा यो वेबसाइटले तपाईंलाई यसबारेमा जानकारी दिनेछ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४