Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसोसँगै शीतलहरले जनजिवन प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १० २०८०
  • 2.1K
    SHARES

काठमाडौं । नवलपरासीलगायत तराईका विभिन्न स्थानमा विगत दुई सातादेखि बढेको चिसोसँगै शीतलहरले जनजिवन प्रभावित भएको छ । चिसोको मारमा सबैभन्दा बढी विपन्न समुदाय परेका छन् । स्थानीय तहहरुले भने विपन्न समुदायका लागि चिसोबाट बच्नका लागि कुनै राहतका कार्यक्रम ल्याएका छैनन् ।

नवलपरासीमा शीतलहर बढेलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितहरुलाई न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरेको थियो । त्यसका लागि स्थानीय तहलाई विपन्नहरुको विवरण बुझाउन भनिएको थियो । तर स्थानीय तहले दुई सातासम्म पनि वास्तविक विवरण उपलब्ध गराउन नसक्दा विपन्न परिवारहरु चिसोमै कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । केही स्थानीय तहले दाउरा वितरण गरेपनि अहिलेसम्म न्यानो कपडा वितरणमा चासो दिएका छैनन् । चिसोले दैनिकी कष्टकर भएपनि जनप्रतिनिधिहरुले चासो नदिएपछि विपन्न समुदाय जनप्रतिनिधिसँग आव्रmोशित बनेका छन् ।

अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले विपन्नभन्दा पनि आफू निकट व्यक्तिको नाम राखेर पठाएपछि वास्तविक विपन्नको तथ्यांक आउन नसकेको हो । वास्तविक तथ्यांक आउन नसकेपछि जिल्ला विपद् व्यवस्थापन समितिले पुनः प्रहरी र रेडव्रmसबाट विवरण लिएर कम्बल वितरण गरेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

अघिल्लो वर्ष खरिद गरेर राखिएका करिब ६ सय कम्बललाई बल्ल आएर अहिले वितरण गर्न सुरु गरिएको हो । जिल्लामा सात पालिका छन् । रेडव्रmसको तथ्यांकअनुसार जिल्लाका सबै पालिकामा १ हजारको हाराहारीमा विपन्न घरधुरी रहेको नेपाल रेडव्रmस सोसाइटीका जिल्ला अध्यक्ष राजेन्द्र अग्रहरीले बताउनुभयो । स्थानीय तहमा विपद्मा बजेट भएपनि राजनीतिक कारणले विपन्न समुदाय राहत पाउनबाट बञ्चित भएको अग्रहरीको भनाइ छ ।

जिल्लाका प्रत्येक पालिकाले हरेक वर्ष १४ देखि ६६ लाख रुपैयाँसम्म कोषमा रकम विनियोजन गरेका छन् । तर स्थानीय तहहरुले उक्त रकम विपद्मा भन्दा पनि अन्य शिर्षकमा खर्च गर्दै आएको देखिएको छ । विपद् आइपर्दा पनि समस्यामा गम्भिर नभइ राहतमा पनि राजनीति गर्ने जनप्रतिनिधिहरुको यस्तो प्रवृत्तिले विपन्न समुदाय राज्यको सेवा सुविधाबाट सधैँ बञ्चित हुनु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४