काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेकाले ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन’ लागेको जानकारी दिएको छ । थापा सशस्त्र प्रहरी बल, नेपाल नं.११ गण हे.क्वा. रौतहट दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव श्रोत विभागमा कार्यरत छन् ।
गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ । सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ ।