Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १ २०८०
  • 3.9K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. माघ ०१, २०८० । ई.सं. 15 Jan, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ पोहेलाथ्व । पिङ्गल उत्तरायण शिशिर । सोमबार पौष शुक्लपक्ष । तिथि चतुर्थी ०९:४५ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र शतभिषा १३:०१ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा । योग व्यतीपात ०७:३२ बजेसम्म, त्यसपछी वरियान् ०४:२२ बजेसम्म, त्यसपछी परिघ । करण भद्रा ०९:४५ बजेसम्म, त्यसपछी वव २०:३४ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि कुम्भ । आनन्दादि योग अमृत । दिनमान १०:३१ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२९ । भद्रा ९:४५सम्म, मकरमा:सूर्य ८:४५ बजे । माघसंक्रान्ति, उत्तरायणशुरु, माघीपर्व, घ्यौ.चाकु.सँन्हु, तनहुँको देवघाटमा मकरस्नानारम्भ, ललितपुरको शङ्गमूल, हेटौडाको कुष्माण्डसरोवर, कोशीको बराहक्षेत्र, झापाको कन्काई लगायत विभिस्थानको त्रिवेणीधामहरुमा मकर (माघ) स्नानगर्ने, रिडीमा तिनदिनेमेला, तेह्रथुममा गौखुरीमेला, राष्ट्रिययोगादिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनत गर्दा मनग्य फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन जित्न सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। असफलताकाे समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। पेसा–व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा सामान्य फाइदा हुनेछ। सन्तान वा अनुयायीका माध्यमबाट काम बन्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा दिएकाे वचनले अप्ठ्यारोमा पार्न सक्छ। ढिलासुस्तीले पनि काम बिग्रन सक्छ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। अरूको साथ दिँदा उनीहरूकै फाइदाका लागि उपयोग भइनेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। घरका समस्या बाहिरिन सक्छन्, गाेपनीयतामा ध्यान पुर्याउनुहाेला। कृषि र पशुपालनबाट सामान्य लाभ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ जुट्नाले काममा उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। बाेलीकाे भरमा काम बन्नेछ। लगनशीलताले संकल्प पूरा हुनेछ। काम दोहोर्याउनुपरे पनि कमजोर नतिजा सच्याउन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै उपलब्धि प्राप्त हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४