Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेलाई राष्ट्रिय सभाको सिट बाँडफाँट गर्ने प्रस्तावमा माधव नेपालको विरोध, बैठक निष्कर्षविहीन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १९ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताएका छन्  ।

बैठकमा सहभागी एक नेताले भने, ‘आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभयो, त्यसपछि साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भयो ।

बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए । प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए । एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो ।

यद्यपि बिहीबार बिहानको बैठकमा शीर्ष नेताहरुले कुन-कुन दललाई कति-कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४