Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली सेनाका १५ जना जर्नेलको सरुवा, को कहाँ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १८ २०८०
  • 3.6K
    SHARES

काठमाडाैं । नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो ।

उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ ।

कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा बाहिनीपतिको जिम्मेवारी दिइएको छ । ध्रुवप्रकाश शाहलाई सैनिक सचिव विभागबाट वीरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रार बनाइएको छ ।

टिकाराम गुरुङलाई सैनिक सचिव विभागबाट युद्धकार्य निर्देशनालयको निर्देशक, दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डाबाट सैनिक सचिव विभाग (अतिरिक्त समूह) मा राखेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा काज खटाइएको छ ।

यस्तै नम्बर ७ बाहिनी अड्डाका लीलाबहादुर खनाल क्षेत्रीलाई सैनिक तालिम महानिर्देशनालयमा, मोहन क्षेत्रीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट सैनिक इन्टेलिजेन्स निर्देशनालयमा, सैनिक तालिम महानिर्देशनालयका रत्नबहादुर गोदारलाई चरक बाहिनीको बाहिनीपति र चरक बाहिनीका राजेन्द्रमणि गिरीलाई नम्बर २८, बाहिनी अड्डाको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी नम्बर २८ बाहिनी अड्डाका सहायक रथी सानुकाजी थापालाई सैनिक तालिम महानिर्देशनालय, पूर्वी पृतना हेडक्वार्टरका रञ्जित थापालाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयको निर्देशक र नम्बर ६ बाहिनी अड्डाका रामचन्द्र कार्कीलाई मानवअधिकार निर्देशनालयको निर्देशकमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४