Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विसं २०८१ सालको दशैं डेढ हप्ता अगाडी सरेको छ !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १६ २०८०
  • 6.5K
    SHARES

काठमाडौं । आउँदो वर्ष २०८१ सालको बिजय दशमी छिटो हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आउँदो दशैं डेढ हप्ता छिटो हुने भएको हो । यो वर्षको दशैं कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय भने सार्वजनिक भएको छैन ।

विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ । १२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

१७ गते गोवद्र्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ । २०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण नरहेको विकास समितिका कार्यकारी निर्देशक एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले तिथि, मितिसहितको पात्रो तयारी गरेपछि बिदाको सिफारिस गर्न उक्त पात्रो गृह मन्त्रालयमा पठाउने छ ।

विकास समितिले आउँदो वर्ष करिब १७ वटा पञ्चाङ्गकारलाई पात्रो छपाइ गर्न स्वीकृति दिने तयारी गरेको छ । पञ्चाङ्ग पात्रो छापिएपछि गृह मन्त्रालयले बिदाको निर्णयसम्म भित्तेपात्रो प्रकाशन हुने छैन । लग्न, साइत, तिथि पर्वलगायतका विषय जानकारी लिनकै लागि पञ्चाङ्ग पात्रो छापिने छ, सरकारले निर्णय गरेपछि मात्र भित्तेपात्रो प्रकाशन गरिने छ ।

पात्रो र भित्तेपात्रो प्रकाशकले विकास समितिको स्वीकृति लिएर मात्रै पात्रो छपाइ गर्न पाउनेछन् । समितिले तोकेको दस्तुर बुझाएपछि पात्रो छपाइ गर्न पाउने व्यवस्था गरेको छ । ‘समितिको निर्णयबेगर कसैले पञ्चाङ्ग पात्रो वा भित्तेपात्रो छापे कडा कारबाही गर्नेछौं,’ कार्यकारी निर्देशक ढुंगेलले भने,गृहले सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । आउँदो वर्ष वैशाख १ गते शनिबार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४