पुष्कर खड्का
रामेछाप । दोलखामा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–३ लामिडाँडाकी करिब ७८ बर्षिया कृष्णमाया बुढाथोकी मृत अवस्थामा फेला परेकी हुन् ।
आफ्नै छाराको कुटपिटबाट घाईते भएकी बृद्धा शुक्रबार आफ्नै घरको ढोका बाहिर मृत फेला पारेपछि स्थानीयल प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको जानकारी अनुसार कृष्णमायालाई पुस १० गते आफ्नै छोरा करिब ३५ बर्षिय दिपक बुढाथोकीले घरायसी विवादमा कुटपिट गरेर हिँडेको स्थानीयले बताएका छन् ।
बृद्धाको देब्रे आँखामुनि निलडाम देखिएको छ । शवलाई पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । कुटपिट गर्ने युवक फरार रहेको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।