Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पौष २० गते पोखरामा हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १३ २०८०
  • 4.1K
    SHARES

निराज रानाभाट

काठमाडौ । कास्कीको पोखरामा पुस २० गतेदेखि ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित नेपालमै पहिलोपटक ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा – २०८० ’ हुने भएको छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा पहिलोपटक कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्दन केन्द्र हरिहरभवन, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजानमा कृषि यन्त्र र प्रविधि सम्बन्धि बृहत प्रर्दशनी पुस २० गतेदेखि २२ गतेसम्म कास्कीको पोखरास्थित नयाँबजारमा रहेको पोखरा प्रर्दशनी केन्द्रमा गर्न लागिएको छ ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरुका ४० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु ( जस्तै: कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई – भैंसी पालन, डेरी ) लगायत कृषिका नविनतम औजार, उपकरण, मेशिन, केरा खेती थोपा सिचाईंका सामग्रीहरु, सयौं किसिमका कृषि औजार तथा प्रविधिहरु अवलोकन गर्न सकिने छ ।

नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष कृष्ण शर्माले बताए । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिइएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने समेत विश्वास गरिएको छ । समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गइहेको प्रदर्शनीमा देशभरीबाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

प्रर्दशनीलाई सफल बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुर प्रबर्धकको भूमिकामा रहेको छ । साथै प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध तथा पोषण सुरक्षा सुधार आयोजना हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय ग्रामीण उधम तथा आर्थिक विकास आयोजना र राष्ट्रिय कृषि ईन्जिनियरिङ् अनुसन्धान केन्द्र खुमलटार सहयोगी संस्थाहरुको भूमिकामा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४