पुष्कर खड्का
काठमाडौं । प्रहरीले चलाएको गोली लागेर ललितपुरको बालकुमारीमा एक जनाको ज्यान गएको छ । ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका आन्दोलनकारीको मृत्यु भएको प्रहरीको भनाइ छ। उनलाई उपचारका लागि किष्ट अस्पताल लगिएको थियो।
आज भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास र लाठी प्रहार गरेको थियो । त्यस क्रममा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको ज्यान गएको हो।