पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका कोटगाउँका एक पुरुषको आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
मृत्युु हुनेमा लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।
तामाङ धोबीबाट मन्थली तर्फ जादै गर्दा हल्देमा आफैले चलाएको बागमती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भए र दुर्घटनामा परी गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।

स्थानीयको जानकारी अनुसार गम्भीर घाइते तामाङलाई आफन्तले उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थली ल्याएको र उपचार गर्ने क्रममा तामाङको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । अहिले मृतक तामाङको शव पोस्ट मार्टमको लागि मन्थली अस्पतालमा लगिए जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिनु भयो ।