पुष्कर खड्का
रामेछाप । रामेछापको मन्थली बाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा समितिको बसले विपरित दिशावाट आइरहको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार १ जनाको घट्नास्थममै मृत्यु भएको र अर्को १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय खुर्कोटले दिएको जानकारी अनुसार काठमाण्डौ बाट खुर्कोट तर्फ जाँदै गरेको वा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार (पछाडि बस्ने) खोटाङ जिल्ला दिक्तेल नगारपालिका वडा नं १० रुपाकोटकी १८ बर्षिया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मोटसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ न.पा वडा नं –२ का कुमार राई को भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको सुनकोसी गाँउपालिका वडा नं–३ का वडा अध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार बस चालक मन्थली नपा वडा नं– १३ फुलासीका २४ बर्षिय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जानकारी दिएको छ।