Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ८ २०८०
  • 2.1K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. पुस ०८, २०८० । ई.सं. 24 Dec, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलागा । पिङ्गल दक्षिणायन हेमन्त । आइतबार मार्ग कृष्णपक्ष । तिथि षष्ठी १८:५२ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र अश्लेषा २१:५४ बजेसम्म, त्यसपछी मघा । योग ऐन्द्र २२:०१ बजेसम्म, त्यसपछी वैधृति । करण वणिज १८:५२ बजेसम्म, त्यसपछी भद्रा ०७:५३ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि कर्कट । आनन्दादि योग वज्र । दिनमान १०:२७ । सूर्योदय ६:३९ । सूर्यास्त १७:०६ । भद्रा १८:५२ देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दायाँ हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन्।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ। तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम गर्ने समय छ। बीचमा प्रतिस्पर्धीहरूले हात झिक्ने हुुँदा काम बन्नेछ। दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ। ताकेको उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ। धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ। चिताएको काम आंशिक रूपमा सम्पादन हुनेछ। आफ्नो उपलब्धिको वस्तुमा अरूले दाबी गर्लान्। विवादास्पद काम गर्नुपरे पनि आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। चुनाैती सहेर पनि पछिका लागि काममा जुट्नुहाेला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा बिस्तारै सफल भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। केही समय अरूका लागि जुट्नुपर्नेछ। केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहाेला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। अवसरले पछ्याउनेछन्। परोपकारी काम गर्दै दिगो काममा जग बसाउन सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। चुनाैती देखिए पनि प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन निकै श्रम गर्नुपर्ने देखिन्छ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। लगनशीलताले परिस्थिति अनुकूल बन्न सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश काम बिग्रने डरले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता पुनर्विचार गर्नुपर्ने हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। थाेरै भए पनि आज आर्जित रकमले ठूलाे खाँचाे टर्नेछ। बुद्धिकाे उपयाेगले काम बन्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४