Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई पहिचानवादीकाे सन्देश : मिक्लाजुङ आउँदा मन्त्री, सांसद नल्याउनू


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ६ २०८०
  • 4.2K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नाे यात्रामा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेकाे छ ।

प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । मिक्लाजुङ जाँदा काेशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले आग्रह गरेकाे हाे । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीकाे विराेध गर्ने उनीहरुकाे चेतावनी छ ।

बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो । बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेकाे छ । प्रदेशका सांसद र मन्त्री पुगे प्रधानमन्त्रीकाे विरोध गर्ने उनीहरुकाे चेतावनी छ ।

कोशी प्रदेशका सांसदलाई यात्रामा सहभागी नगराए विरोध नगर्ने संघर्ष समितिले बताएको छ । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उदघाटनपछि प्रधानमन्त्री मिक्लाजुङ जानेछन् । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उदघाटनपछि काठमाडाैं फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४