Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ५ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ । शुक्रबारसम्म चल्ने दुई दिने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ भने बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुनेछ ।

सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगनकुमार थापा विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेश पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । यस्तै मधेश प्रदेशकै सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीको पनि सम्मेलनमा सहभागिता रहनेछ भने पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा सहभागी भएका कोइराला यो सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४