Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहिले आउला मेलम्चीको पानी ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ५ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । गत असारदेखि बन्द मेलम्ची खानेपानी आयोजनाको पानी अझै काठमाडौं आएको छैन । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि साढे दुई महिनाका लागि बन्द गरिएको पानी पाँच महिना बढी समय हुँदासमेत काठमाडौं आएन ।

असार २० गतेदेखि मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौं ल्याएको पानी वितरण बन्द गरिएको थियो । साउन र भदौ दुई महिना बन्द गरेर असोजदेखि पुनः काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको योजना थियो । तर, बन्द भएको पाँच महिना बढी हुँदासमेत मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ ।

बाढी–पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधमा थुप्रिएको माटोको लेदो र गेग्र्यान अहिलेसम्म हटाउने कामसमेत सुरु भएका छैन । यस पटकको बाढी–पहिरोले आयोजनाको मुहान र हेडबक्र्सका साथै आयोजनाको गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको छ ।

गत वर्ष मङ्सिरदेखि वितरण सुरु गरिएको पानी यो वर्ष पुस लागिसक्दासमेत आउने छाँटकाँट छैन । यो वर्ष बाढी–पहिरोले आयोजनामा ठूलो क्षति पुर्‍याए पनि अहिलेसम्म मर्मत सम्भार तथा निर्माण सुरु भएको छैन । अहिलेसम्म आयोजनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडबक्र्स र मुहान क्षेत्रमा पुगेको क्षतिसमेत यकिन भएको छैन ।

मर्मत तथा निर्माणसम्बन्धी निर्णय गर्ने मेलम्ची खानेपानी समिति नै डेढ महिनादेखि कार्यकारी विहीन छ । कार्यकारी पदाधिकारी नियुक्त नहुँदा समितिको बोर्ड बैठक बस्न सकेको छैन । मर्मत सुरु गरिएको डेढदेखि दुई महिनामा पुनः पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । यसरी हेर्दा तत्काल मर्मत सम्भारको काम सुरु भइहाले पनि कम्तीमा माघअघि काठमाडौंमा मेलम्चीको पानी आउने सम्भावना न्यून छ ।

दुई वर्षअघि नै आयोजनाको बाँधमा बाढीले पुगेको क्षति मर्मत नभएको र विकल्पमा खोलिएको डाइभर्सन टनेलसमेत थुनिने डरले बर्खा लागेसँगै खानेपानी बन्द गरिएको थियो । आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न थालिएको थियो । २०७८ असार र साउनमा मेलम्ची खोलामा आएको भीषण बाढी–पहिरोले आयोजनाको मुहान र हेडबक्र्समा ठूलो क्षति पुर्‍याएको थियो । त्यसपछि बन्द रहेको मेलम्चीको पानी २०७९ वैशाख ११ गतेबाट अस्थायी रूपमा वितरण सुरु गरिएको थियो ।

२८ दिनभित्र आउला त पानी ?

अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मंगलबार राती अबेरसम्म बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले गरेको निर्णय अनुसार सो समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए । उनका अनुसार समझदारी पत्रमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनो हाइड्रोका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समझदारीअनुसार अनुसार कुनै विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरी मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिनेछ । द्रुत कार्यपालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने प्रवक्ता पन्तको भनाई छ ।

जनतालाई पकाउँदै सरकार

गत मंसिर १६ गते अम्बाथान पुगेका खानेपानी मन्त्री महिन्द्रराय यादवले दुई दिन बसेर आयोजनास्थलको अवलोकन गरे । यादव काठमाडौं फर्किए लगत्तै खानेपानी मन्त्रालयले एसियाली विकास बैंकको रिपोर्ट एक महिनाभित्र पुनरावलोकन गराउने निर्णय गरेका थियो ।

सुक्खा याम सुरु भई खानेपानीको समस्या विकराल रूपमा सिर्जना भइसकेको हुँदा आवश्यक मर्मत गरेर विद्यमान संरचनाबाट मेलम्चीको पानी तत्काल काठमाडौं पथान्तरण गर्ने निर्णय पनि मन्त्रालयले गरेको थियो ।

खानेपानी मन्त्री यादव मात्रै होइन त्यसपछि सभामुख देवराज घिमिरेले समेत मेलम्ची खानेपानीको मुहान अवलोकन गरे । आइतबार मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गर्दै उनले प्राविधिक स्टमेट गरेर मेलम्ची खानेपानी काठमाडौं सक्दो चाँडै लैजानुपर्नेमा जोड दिए ।

उनीहरू मात्रै होइन गत असार स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मेलम्ची पुगेका थिए । मेलम्ची पुगेर उनले आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए । जसले जति पटक निरीक्षण र अवलोकन गरे पनि मेलम्चीको पानी भने अझै काठमाडौं आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४