पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । पक्राउ पर्नेमा लिखु तामाकोसि गाउँपालिका वडा नं – ५ का ६९ वर्षिय सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै बुहारी माथि तामाङले जबर्जस्ती करणी पछि फरार भएको र उनको खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार मन्थलीमा फेला पारि पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार पक्राउ परेका आरोपी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखि थप अनुसन्धान भैरहेको प्रमुख पराजुलीले बताउनु भयो ।