Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज, दीक्षित हुँदै साढे १२ हजार विद्यार्थी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 4.6K
    SHARES

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने भएको हो ।

दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ । आज वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये आज झण्डै साढे १२ हजार विद्यार्थी दीक्षित हुन लागेका हुन् ।

समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट आज विभूषित गर्ने तयारी छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी छ ।

दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४