Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राम–जानकी विवाहसँगै विवाह पञ्चमी विधिवत् रुपमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 5.1K
    SHARES

काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा रामजानकीको विवाह कार्यक्रम सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर हिजै राति विवाह कार्यक्रम सम्पन्न भएको हो ।

जानकी मन्दिर परिसरमा आइतबार राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न भएको हो । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गरेका थिए ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको थियो । यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको थियो । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा मनाइने यस महोत्सवको अवसरमा यसपटक जनकपुरधाममा विशेष रौनक बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४