Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरूको घुइँचो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १ २०८०
  • 3K
    SHARES

काठमाडौँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।

यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ ।

विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात् बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान् रामको डोला अर्थात् बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ ।

रङ भूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौँको सङ्ख्यामा उपस्थित त्रितालुहरूको बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको त्रितालुहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति हुने गर्दछ ।

स्वयम्वर कार्यक्रमको समापन भएपश्चात् रणभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ ।

जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान् राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ ।

मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको सङ्ख्यामा त्रितालुहरूको उपस्थिति रहने गर्दछ ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४