Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश नक्सापास गरिदिन महानगरका नाममा आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २७ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ ।

घर रहेको जग्गाधनी प्रभा चापागाईंको रिटमा उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस्नेतका अनुसार अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि महानरपालिकाका नाममा परमादेश जारी गरेको छ ।

यसअघि न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म भवन भत्काउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

गत साउन १५ गते काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनी रहेको राप्रपाको धुम्बाराहीस्थित कार्यालयको संरचना अवैध रहेको र नक्सा पास पनि नभएको भन्दै भत्काउन डोजरसहित पुगेको थियो । तर, त्यतिबेला राप्रपाका नेता कार्यकर्ताको अवरोध र वार्तापछि महानगरपालिकाले २१ दिनको समयसीमा दिएको थियो ।

भवन खाली गर्न दिइएको २१ दिनको समयमा राप्रपा घरधनीमार्फत अदालत पुगेको थियो । अहिले प्रभा चापागाईंको पक्षमा आदेश भएसँगै राप्रपाको कार्यालय जोगिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४