Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज शिवालयहरुमा महादीपदान गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २४ २०८०
  • 3.8K
    SHARES

काठमाडौँ । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ ।

पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलन गर्न र तोकिएका मुख्य क्षेत्रहरुमा शतबीज छर्ने व्यवस्था मिलाएको बताएको छ ।

मृतकका परिवारका सदस्यले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बालेर भजनकीर्तन गर्ने गर्दछन् । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका आफन्तले काठमाडौंमा एक सय आठ शिवलिङ्ग, कैलाश, गौरीघाट, गुह्येश्वरी, पशुपति, आर्यघाट, मृगस्थली, किरातेश्वर, विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।

भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बालेर बस्ने ठाउँमा सुरक्षा व्यवस्था, टेन्ट र पार्किङ लगायतका व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक साताका लागि पशुपति मन्दिरवरपरका क्षेत्रमा माछा मासु तथा मदिरा र अन्य नशालु पदार्थ सेवन तथा बिक्री–वितरणमा रोक लगाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४