Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा चुनावमा पनि तालमेल गर्दै सत्ता गठबन्धन, कुन दलबाट कति ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २३ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ११ गते तोकिएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तय गरेको हो ।

आगामी फागुन २० गते राष्ट्रियसभाका २० सांसद ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै छन् । तर, उनीहरू बिदा हुनुअगावै ११ माघमा राष्ट्रियसभामा खाली हुने २० मध्ये १९ सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रियसभामा एमालेका नौ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, नेकपा एसका दुई र जसपा तथा स्वतन्त्रका एक र मनोनीत एक गरी २० सांसदको पदावधि सकिन लागेको हो । जसमा सबैभन्दा बढी बागमतीबाट चार, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन-तीन, कोशी, मधेश र लुम्बिनीबाट दुई-दुईजना गरी १९ सिटका लागि निर्वाचन हुन लागेको हो ।

यसरी निर्वाचित हुने पदमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फबाट निर्वाचित गर्नुपर्ने हुन्छ । प्रदेशसभा सदस्यका लागि ५३ तथा स्थानीय तहका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १९ मतभार निर्धारण गरिएको छ । निर्वाचन आयोगले चुनावको आवश्यक तयारी सुरु गरिसकेको छ ।

राजनीतिक दलहरू पनि आसन्न राष्ट्रियसभा सदस्य चुनावको आन्तरिक तयारीमा जुट्न थालेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू भागबण्डानजिक पुगेका छन् । सत्तारूढ दलहरूबीच भागबण्डामा भएको मोटामोटी सहमतिअनुसार १९ सिटमध्ये सत्तारूढ दलको मुख्य घटक कांग्रेसले नौ, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले तीन र जनता समाजवादी पार्टी (जसपा)ले एक सदस्य लिने लगभग सहमति भएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको सिट कांग्रेसले पाउने गरी सहमतिको खाका तयार भएको कांग्रेसनिकट स्रोतको दाबी छ । मोटामोटी सहमतिअनुसार कांग्रेसले बागमती र गण्डकीमा दुई-दुई सिट पाउँदा कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक-एक सिट पाउनेछ । माओवादीले सुदूरपश्चिममा दुई, कोशी, बागमती, गण्डकी र कर्णालीमा एक-एक सिट पाउनेछ । माधव नेपाल नेतृत्वको समाजवादीले बागमतीमा दुई र कर्णालीमा एक सिट पाउने समझदारी भएको नेताहरूको दाबी छ ।

यी हुन् बिदा हुने सांसद

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा एमालेका आठ सांसद यसपटक बिदा हुँदै छन् । जसमा गण्डकीका गणेशप्रसाद तिमल्सिना र दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा पार्वती र रामचन्द्र राई, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, लुम्बिनीबाट कुमार दसौधी र सुदूरपश्चिमबाट इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

कांग्रेसबाट कोशीमा रमेशजंग रायमाझी, मधेशमा जीतेन्द्रनारायण देव, गण्डकीमा प्रकाश पन्थ र लुम्बिनीमा अनिता देवकोटाको पदावधि सकिन लागेको हो । माओवादी केन्द्रबाट कोशीमा विना पोखरेल, सुदूरपश्चिममा हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिँदै छ । नेकपा एसबाट बागमतीमा सिंहबहादुर विश्वकर्मा र कर्णालीमा नन्दा चपाईंको पदावधि सकिन लागेको छ । जसपाबाट प्रमिला कुमारी र स्वतन्त्रतर्फ बागमतीबाट जित्नुभएका खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४