Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २२ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् ।  यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ ।

छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको सह–सचिव टोकराज पाण्डेले बताएका छन्  ।

‘विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुनका ७ वटा विस्कुट बरामद भएका हुन्’, उनले भने । विमानस्थलमा ओर्लिने वित्तिकै भन्सार र प्रहरीको टोलीले घलेलाई नियन्त्रणमा लिएको थियो ।

एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । उनले जुत्तामा समेत सुन लुकाएको पाइएको भन्सारले जनाएको छ । सुन ल्याउन लगाउने गोरखाका मिनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरीका डीआईजी अर्जुन चन्दले बताएका छन्  ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

फ्लाई दूबईको विमानमार्फत यूएईबाट आएका गोरखा, बारपाकका ४५ वर्षीय चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताएका हुन्  ।

प्रहरीका अनुसार, सुन ल्याउने घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुनेछ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।

यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४