Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हमासले आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २० २०८०
  • 2.1K
    SHARES

एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ ।

बीबीसीका अनुसार आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यो कर्तुत उजागर भएको हो ।

सोही दिन इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको खुलासा भएको हो ।

आक्रमणका दिन खिचिएको दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । प्रहरीले इजरायलका सञ्चारकर्मीहरुलाई एक इजरायली महिलाको भिडियो सार्वजनिक समेत गरेको छ । जसमा एक महिलालाई सामुहिक बलात्कार गरी अंगभंग गरेपछि गोली प्रहार गरेको देखाइएको छ ।

हमासले आक्रमणका क्रममा संगीत समारोहमा सहभागीहरुमध्ये एक सयभन्दा बढीको हत्या गरेको थियो भने केहीलाई बन्धक बनाइ लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४