Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रलोभनमा परी युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २० २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।

मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने छ जना नेपाली नागरिकको नाम पनि सार्वजनिक गरेको छ । ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दीप थपलिया, वाणगङ्गा-१ कपिलवस्तुका रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार-५ का प्रितम कार्की, दोलखा मेलुङ-६ का राजकुमार रोका र इलाम-५ का गङ्गाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ । ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई अनुरोध गरेको छ । रुसी सेनामा भर्ती हुनु अवैधानिक हो ।

सरकारले मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्नेसम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको बताएको छ ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकाबाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएर मात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४