Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविको प्रशासनिक र शैक्षिक कार्यक्रम रोक्ने कर्मचारी संघको चेतवानी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २० २०८०
  • 3.4K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ ।

विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरुको यथावत प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्र ठोस निर्णय नभएमा त्रिविका सम्पूर्ण निकायहरुमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने’ कर्मचारी संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संघले त्रिविसँग गत चैत भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

माग सम्बोधनका लागि त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्रबहादुर कार्कीले सोमबार उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४