Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्र बैंकको एक वर्षको नाफा ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई दिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १९ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नेपाल सरकारलाई २५ अर्ब दिने भएको छ । आर्थिक वर्ष (आव) २०७९/८० को बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन सञ्चालक समितिको बैठकले पारित गर्दै उक्त निर्णय गरेको हो ।

बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले विभिन्न कोषमा रकम छुट्याएर २५ अर्ब रुपैयाँ नेपाल सकारलाई हस्तान्तरण गर्ने भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा केन्द्रीय बैंकको नाफा पनि बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ । अब २०७८/७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो ।

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३.६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २.८८ प्रतिशत रहेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.०९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार कायम भएको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९.७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख कायम भएको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्व ९२ करोड १९ लाख ८३ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०७९/८० को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ११२.८१ प्रतिशतले वृद्धि भई ६० अर्ब ४८ करोड २४ लाख ०१ हजार कायम भएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०७८/७९ मा २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रहेको थियो ।

विदेशी विनिमय पुनर्मूल्यांकन लाभ १० अर्ब ९० लाख २९ हजार र सुन-चाँदीको पुनर्मूल्यांकन लाभ १७ अर्ब ११ करोड २३ लाख १५ हजार सहित कुल नाफा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार पुगेको केन्द्रीय बैकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४