Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १८ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ ।

यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए ।

पाण्डेले उमेर घटाउन परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा केरमेट गरेको विवरण १६ कात्तिकमा सार्वजनिक भएको थियो । यसबारे छानबिन सुरुभएपछि पाण्डेले राजीनामा दिँदा वरिष्ठ उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सेनाले सूचना निकालेको थियो ।

सूचना निकालेको सात दिनपछि जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश भएर निर्णय हुनेछ । सिग्देल रथीमा बढुवा भए हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सेना प्रमुख हुने रोलक्रममा आउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४