Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीको निस्कोट गाउँ युवाविहीन बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १८ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । रोजगारी र उच्च शिक्षा हासिल गर्न विदेशिने युवाहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हरेक दिन युवाहरुले देश छोड्ने क्रम बढ्दै जाँदा म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँ रित्तिन थालेको छ । यहाँका युवाहरु विदेशिएपछि गाउँ युवा विहीन बनेको छ ।

निस्कोट गाउँका एक सय ७३ युवाहरु अमेरिका र अन्य युवाहरु युरोप तथा खाडी मुलुकमा गएपछि गाउँ युवाविहीन बनेको हो । अमेरिका पुग्नका लागि यहाँका युवाहरुले अवैधानिक बाटो रोज्ने गरेका छन् । म्याग्दी निस्कोटकी ८५ वर्षिया मंगली विक (सुनार) कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिनापछि अमेरिका पुगेको बताउँछिन् ।

तुलप्रसाद अमेरिकामा पुगेर सेटल भएपछि यहाँका अरु एक सय ७२ जना युवाहरु ऋणधन गरेर जति दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै, एजेण्टले मागे जति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन् । अर्को छोरा गोविन सुनार पनि ६५ लाख रुपैयाँ एजेण्टलाई बुझाएर चार महिना हिँडेर अमेरिका पुगेको मंगलीले बताइन् ।

उहाँको मात्रै होइन, यहाँका प्रायः सबै घरबाट एक जनादेखि तीनजनासम्म अमेरिका पुगेका छन् । अन्य मुलुकमा गएकाहरु पनि धमाधम गाउँ फर्किएर अमेरिका जाने तयारीमा जुटेको स्थानीय पूर्णबहादुर विक बताउनु हुन्छ ।

२०७० सालयता यहाँका सयौं युवाहरु ५५ लाखदेखि ७७ लाख रुपैयाँ खर्च गरेर गैरकानुनी बाटो हुँदै महिनौं लगाएर अमेरिका पुगिसकेका छन् । चार सय २२ घरधुरी र १९ सय ९४ जनसंख्या रहेको यस गाउँका युवाहरु गैरकानुनी बाटो हुँदै अमेरिका छिरिसकेका छन् भने गाउँमा रहेका युवाहरु पनि जाने तरखरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४