Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपामा सांसद स्वतः केन्द्रीय सदस्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १४ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान नै संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गर्ने भएको छ ।

विधान संशोधनको सिफारिस गर्न महामन्त्री मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको छ । महामन्त्री ढकालका अनुसार विद्यमान विधान संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिनेछ ।

हालको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । तीबाहेक पार्टीबाट संघीय संसदमा निर्वाचित व्यक्ति थपेर केन्द्रीय समिति गठन हुने ढकालको भनाइ छ ।

‘नयाँ ढाचा बनायौं, सांसद भएको व्यक्ति केन्द्रीय सदस्य हुनका लागि महाधिवेशनमा प्रतिस्पर्धा गर्नुपर्दैन’, ढकालले भने । रास्वपाले महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको बैठकबाट बुधबार केन्द्रीय समितिमा नरहेका सांसदलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
रास्वपाका हाल २१ (उपसभामुखसमेत) जना सांसद छन् । जसमध्ये १४ जना केन्द्रीय समितिमा थिएनन् । उनीहरु बुधबारदेखि केन्द्रीय सदस्य बनेका छन् ।

सांसदबाट थपिएका केन्द्रीय सदस्यहरुमा डा.स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी,डा. चन्दा कार्की, शिव नेपाली, निशा डाँगी,डा. तोसिमा कार्की, असिम शाह हुन् ।

यसअघि सभापति लामिछाने, उपसभापति डीपी अर्याल, गणेश पराजुली, सोविता गौतम, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार केन्द्रीय सदस्य थिए ।

महाधिवेशन र राष्ट्रिय भेलापछिको सर्वोच्च संरचना केन्द्रीय समिति भएकाले उक्त संरचनामा पर्नका लागि सांसदहरुको जोड रहँदै आएको थियो । गत साउनमा केही सांसदलाई केन्द्रीय समितिमा ल्याउने चर्चा चलेको थियो ।

तर, त्यसबेला विषय उठेपनि सभापति रवि लामिछानेले उक्त मुद्धालाई थाती राखेका थिए । रास्वपामा दुई पटक केन्द्रीय सदस्य मनोनयन हुँदा पनि विधान अनुसार १२१ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएको छैन । हाल ५७ सदस्यीय केन्द्रीय समितिमा २२ जना महिला छन् ।

जलेश्वर बैठकले १४ सांसदसँगै अनिलकेशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । रास्वपाको विधान अनुसार संघीय निर्वाचन भएको एक वर्षभित्र पार्टीको अधिवेशन गर्नुपर्ने थियो । तर रास्वपाले महाधिवेशनको मिति तोकेको छैन ।

तीन दिन बसेर बुधबार सकिएको केन्द्रीय समिति बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । महामन्त्री मुकुल ढकालका अनुसार पार्टीको महाधिवेशन प्रक्रिया, नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्नका लागि सचिवालय गठन गरिएको हो ।

रास्वपाले अर्थविद् समेत रहेका डा. वाग्लेलाई उपसभापति बनाएको छ । उनी पार्टी वरियतामा तेस्रो रहनेछन् । कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य सहमहामन्त्री बनेका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाई मनोनित भएका छन् ।

संसदीय दलको उपनेताको जिम्मेवारीमा विराजभक्त श्रेष्ठले पाएका छन् । रिक्त कोषाध्यक्षमा लीमा अधिकारी मनोनित भएकी छन् । सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा छन् । नयाँ पार्टीले धेरै काम गर्नुपर्ने भएकाले धेरै जनालाई जिम्मेवारी दिएको महामन्त्री ढकाल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४