Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरु सामाजिक सञ्जाल बन्द गर्ने गृहकार्यमा सरकार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १३ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले अरु सामाजिक सञ्जालमाथि पनि निगरानी बढाएको छ । जसले समाजिक सञ्जालप्रति वर्तमान सरकार झन् कठोर बन्ने देखिएको छ ।

गत कात्तिक २७ गते सरकारले सामाजिक विकृति र विसङ्गती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगायो । टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना भन्दा बढी प्रशंसा भएपछि सरकार अन्य सामाजिक सञ्जाल पनि बन्द गर्न हौसिएको हो । टिकटकपछि सरकारले टिकटक जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि प्रतिबन्धको तयारी गरिरहेको छ ।

सरकारले बिगो लाईभ, स्न्यापच्याट, लाइकी टीन्डर र टेलीग्रामजस्ता सामाजिक सञ्जालमाथि निगरानी सुरु गरेको हो । प्रधानमन्त्री कार्यालयले विज्ञहरुसहितको टोली नै बनाएर यस्ता सामाजिक सञ्जालहरुमाथि निगरानी गरिरहेको बुझिएको छ । यस्ता एपहरुको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेको बुझिएको छ ।

मन्त्रिपरिषद्बबाट सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धि निर्देशिका पारित गरेर सरकार सामाजिक सञ्जालप्रति कठोर बनेको हो । सरकारी रवैया नियमन गर्ने भन्दा पनि सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन बढी उत्साहित रहेको पाइएको छ । सरकारले निगरानीमा राखेको बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन् भने टेलिग्राम रुसी म्यासेजिङ एप हो ।

यो एप पनि फेसबुकको मेसेन्जर जस्तै समूहमा कल र मेसेज गर्न मिल्ने गरी बनाइएको छ । यस्तै, युवापुस्ताले निकै नै रुचाएको अर्को मेसेजिङ एप स्न्यापच्याट र अनलाइन डेटिङ एप टिन्डर भने अमेरिकी हुन् । टीकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै सर्वोच्च अदालतमा एक दर्जन बढी रिट निवेदन दर्ता भएपछि सर्वोच्चले कारण देखाऊ आदेश मात्रै दिएको छ । आधुनिक प्रविधिको नकारात्मक पक्ष मात्रै छैन ।

सामाजिक सञ्जालहरुले मानिसहरुबीच सूचना आदानप्रसाद, उत्पादनहरु तथा व्यापारको प्रचार प्रसार लगायत थुप्रै विषयलाई सहज पनि बनाएको छ । सरकार, सरकारी अधिकारीहरुका कमी कमजोरी पनि सामाजि सञ्जालबाट भाइरल हुने हुँदा सरकार आलोचना रोक्नका लागि संजाल बन्द गर्न उत्साहित भएको त होइन भन्ने आमबुझाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४