Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुरोट नदिएको भन्दै युवकको हत्या, १४ जना प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १३ २०८०
  • 5.5K
    SHARES

काठमाडौं । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन् ।

मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका–२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो ।

कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका–९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए ।

त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए । इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए ।

‘उनीहरू धेरै संख्यामा थिए। मदिराले लठ्ठ थिए । मोहनका साथीहरू भने धेरै रहेनछन् । त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने ।

कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७ः३५ बजे मृत्यु भएको हो । त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरबाट टीकापुर अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

बुधबार दिउँसोसम्म कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर बस्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन् ।

त्यस्तै सोही नगरपालिकाका २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन के.सी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पक्राउ गरिएको इन्स्पेक्टर बस्यालले जानकारी दिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४