Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १३ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।

उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । उनीहरुमध्ये तीन जनाको गत १५ नोभेम्बर (कार्तिक २९) गते र अर्का एकको असार २९ मै मृत्यु भएकोमा अहिले पुष्टी भएको रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानकारी दिनुभयो ।

दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गतकात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका थिए । ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ ।

आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन् । यता रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएका हो ।

युक्रेनका पूर्व आन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन् । हेरासचेन्कोले ट्वीटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४