Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा र श्रीनिवास आचार्यसहित ८ जनालाई थुनामा राख्न अदालतको अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १२ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । गौशालामा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरूद्ध म्याद थप भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरूद्ध म्याद थप भएको हो।

निकेश बाँस्तोला, सुजन खड्‍का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो।

उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दामा म्याद थप भएको प्रहरीले जनाएको छ।

अदालतले श्रीनिवास, मनोज, विनञ्जय र निकेशलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने अरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्‍थानमा प्रदर्शन गर्दै आएका छन्। सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४