Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ८ २०८०
  • 4.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ८, २०८० । ई.सं. 24 Nov, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलाथ्व । पिङ्गल दक्षिणायन हेमन्त । शुक्रबार कार्तिक शुक्लपक्ष । तिथि द्वादशी १८:२४ बजेसम्म, त्यसपछी त्रयोदशी । नक्षत्र रेवती १६:११ बजेसम्म, त्यसपछी अश्विनी । योग सिद्धि १०:०० बजेसम्म, त्यसपछी व्यतीपात । करण वव ०७:२२ बजेसम्म, त्यसपछी वालव १८:२४ बजेसम्म, त्यसपछी कौलव ०५:३१ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि मीन । आनन्दादि योग श्रीवत्स । दिनमान १०:३५ । सूर्योदय ६:३२ । सूर्यास्त १७:०७ । ध.पञ्चक १६:११ सम्म । प्रदोषव्रत, चाँगुनारायणमा अखण्डदीपदर्शन, रिडीमा हृषीकेशरथजात्रा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलाे पारिवारिक भेटघाट पनि हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्याेग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएकाे काम राेकिन सक्छ। अरूकाे विश्वास गर्दा धोका हुन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४