Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री महत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ६ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताउनुभएको छ ।

बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताउनुभयो ।

अर्थमन्त्री महतले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको बताउनुभयो । उहाँले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि राज्यले सहजिकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताउनुभयो । उहाँले कोभिड महामारी,भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले लामो संघर्ष,मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताउनुभयो । उहाँले बोल्नेहरुले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलको व्यवस्थाले धेरै परिर्वतन आएको बताउनुभयो ।

अर्थमन्त्री महतले लोकतान्त्रिक पद्धतीमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४