Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको निर्देशन : ७ गते निषेधित क्षेत्र नतोड्नू, कसैमाथि जाइनलाग्नू


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आउन सक्छ कालान्तरमा’ उनले भने,आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुन सक्छौं । जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।

अध्यक्ष ओलीले सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुने बताए । प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उनले निर्देशन दिए ।

हामी कसैसँग जाइलाग्ने नीति लिँदैनौं । हाम्रो अत्यन्तै संयमित ढंगले तर अलि जोशिलो, आक्रामक होइन, हामी कुनै ताडफोड गर्दैनौं । तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन यसपल्ट गर्छौं । आफ्नो सुरक्षा आफैं गर्छौं । अरु धेरै भर पर्दैनौं, त्यो कुरा हामीले बुझ्याछौं’, उनले भने ।

ओलीले पार्टीको प्रदर्शनस्थल पनि अहिले माइतीघर तोकिए पनि पछि परिवर्तन हुन सक्ने बताए । ‘११ बजे माइतीघर मण्डल अहिले भनिएको छ, त्यो स्थान फरक पनि पर्न सक्छ भोलि गएर, सरकारले विभिन्न कारण त्यसलाई निषेधित क्षेत्र भन्यो भने अरुतिर जानुपर्ने हुन सक्छ, रत्नपार्क पनि जानपर्ने हुन सक्छ । त्यसो भयो भने सूचना आइहाल्छ’, ओलीले भने ।

मंसिर ७ गते एमालेले युवा र विद्यार्थीको प्रदर्शन राखेको छ । त्यसै दिन दुर्गा प्रसाईंले पनि काठमाडौं केन्द्रित प्रदर्शन कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४