Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि भएर काम गरिरहेका छन् : ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए ।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई थियो ।

ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे ।

उनले भने, ‘राष्ट्रपति जाजरकोट किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नु भएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि नै खवर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो । उहाँ अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने । बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर काँग्रेस भएर किन जानु प¥यो राष्ट्रपतिज्यू ?

उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ काँग्रेस छुट्यो भनेर जानुभयो । म यो किन भन्दैछु भनेर राष्ट्रपतिज्युले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला काँग्रेस भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नु भयो । काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनु भयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं । उहाँको सम्बन्धमा थुप्रै कुराहरु आईसकेका छन । एक वर्ष पुग्नु भन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाई सक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलव छैन । शुरुदेखि नै अथवा संविधान अनुसार सरकार चल्नुपर्ने, संविधान अनुसार देश चल्नुपर्ने, संविधान अनुसार राष्ट्रपति चल्नुपर्ने, संविधान अनुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधान अनुसार राज्यका निकायहरु चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरु लाग्नुभएको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४