Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज अन्तराष्ट्रिय सहनशीलता दिवस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ३० २०८०
  • 4.8K
    SHARES

काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।

९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो ।

नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित होस भनेर राष्ट्रसंघलाई दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोद्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।

यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवर्द्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गरेको छ ।

विश्वमा बढ्दो हतियारको उन्माद र शक्ति राष्ट्रहरुबिचको तिव्र ध्रुवीकरणले अन्तराष्ट्रिय सहनशीलता दिवसको महत्व र आवश्यकता झन्झन् बढाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४