Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २८ २०८०
  • 3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताए । हिजो क्याबिनेटका निर्णयहरू चाहे १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रियाको निर्णय होस्, हिजै हाम्रो देश भूकम्प र अरू प्राकृतिक प्रकोपबाट जोखिमयुक्त देश छ, त्यसकारण आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउने कुरादेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरिएको छ ।

यो सम्पूर्ण नेपालीका लागि नयाँ कदम हुनेछ,प्रधानमन्त्रीले अगाडि भने, ‘समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने ? भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रमुख प्रतिपक्षसमेत । सबैको लामो बहस र सहमति पछि समेत, अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन उद्देश्यले गरेको हो ।

यो बहस हुँदै जाला । यसमा मत र विमति पनि होलान् । सरकारको उद्देश्य म प्रधानमन्त्री हुँदा नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको छु ।

प्रधानमन्त्रीले सोमबारको मन्त्रीपरिषद् बैठकले आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउनेदेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४